काठमाडौँ– टीकापुर घटनाका मुख्‍य अभियुक्त मानिएका रेशम चौधरीले आज प्रतिनिधिसभा सांसदको रुपमा शपथ लिएका छन् । कैलाली क्षेत्र नं. १ बाट निर्वाचित राजपाका नेता चौधरीलाईले एक वर्षपछि सांसद भएको प्रमाणपत्र पाएका हुन् । उनलाई सभामुख महराले सिंहदरबारस्थित आफ्नो कार्य कक्षमा बिहीबार पद तथा गोपनियताको शपथ खुवाएका हुन् ।


ADVERTISEMENT


सांसद चौधरीको सपथ ग्रहण कार्यक्रम बिहान साढे ११ बजे राखिएपनि १२ बजेदेखि संसद चलेकाले दिउँसो ३ बजे मात्रै भएको थियो ।


ADVERTISEMENT

# # #


थरुहट आन्दोलनका क्रममा २०७२ भदौ ७ गते कैलालीको टिकापुरमा कयौँको ज्यान जाने गरी भएको हिंसात्मक घटनाका मुख्य आरोपी भनिएका चौधरी डिल्लीबजार कारागारमा सजाय काटिरहेका छन् । फरार अवस्थामै चुनाव लडेर जितेका उनले चुनावमा विजयी भएको प्रमाणपत्र लिन पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा दिएको निवेदन खारेज भएपछि आत्मसमर्पण गरेका थिए ।

चौधरीलाई पद तथा गोपनीयताको सपथ गराउनु पर्ने, उनीमाथि लगाइएको मुद्धा फिर्ता लिनुपर्ने माग राख्दै राजपाले आफूहरुको माग पूरा नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिइरहेको थियो । सोही माग बमोजिम चौधरीलाई शपथ खुवाइएको हो ।

उनीमाथि मुद्दा चलेकाले शपथपछि चौधरी निलम्बित संसदको रूपमा जेलमै रहनेछन् । संसद बैठकमा बस्न पाउने छैनन् ।