म्याग्दी– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राज्यले व्यावसायिक र प्रतिस्पर्धी शिक्षामा जोड दिएको बताएका छन् । म्याग्दी बहुमुखी क्याम्पसको २८औँ वार्षिकोत्सवको अवसरमा आज बेनीमा आयोजित कार्यक्रममा अध्यक्ष तिमिल्सीनाले राष्ट्र निर्माण र देश विकासका लागि योग्य, दक्ष र सीपयुक्त जनशक्ति उत्पादन गर्न शिक्षा नीति परिमार्जन गर्न लागिएको जानकारी दिए ।


ADVERTISEMENT


“विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने योग्य, दक्ष र सक्षम जनशक्ति तयार पार्न राज्यले शिक्षा नीतिमा परिवर्तन गर्न लागेको छ”, अध्यक्ष तिमिल्सिनाले भने, “शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक प्राध्यापकले पनि सूचना प्रविधिको प्रयोग र अध्ययनमा ध्यान दिनुपर्ने अवस्था छ ।”


ADVERTISEMENT

# # #


गण्डकी प्रदेशसभाका सदस्य भूपेन्द्र थापा र गण्डकी प्रदेशका सांसद विनोद केसीले सङ्घीय र प्रदेश सरकारले विद्यमान शैक्षिक समस्या समाधानका लागि आवश्यक ऐन, नियम परिमार्जन गर्न लागिएको बताए ।

वार्षिकोत्सवको अवसरमा आयोजित प्रदेशस्तरीय छात्र, छात्रा भलिबल प्रतियोगिताका विजेता र उपविजेता, उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो । छात्रतर्फ बेनीको माउण्ट एभरेष्ट विजेता र बागलुङको धौलागिरि बहुमुखी क्याम्पस उपविजेता भएका थिए ।

छात्रतर्फ विजेतालाई रु ४० हजार, उपविजेतालाई रु २५ हजार तथा छात्रातर्फ विजेतालाई २५ हजार र उपविजेतालाई रु १५ हजार पुरस्कार वितरण गरिएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष बालकृष्ण सुवेदीले जानकारी दिए ।