काठमाडौँ– राष्ट्रिय सभाकी सांसद कोमल वलीले आफ्नो यही सन् २०१९ भित्रै स्वयम्बर हुने खुलासा गरेकी छिन् ।


ADVERTISEMENT


मंगलबार रिपोर्टर्स क्लब नेपालमा गुरु मञ्जरी ग्रुपद्वारा सञ्चालित ‘माइस्वयम्वर डटकम’को उद्घाट्न गर्दै वलीले यस्तो बताएकी हुन् । उनले भनिन् ,‘२०१९ को पहिलो दिनमा माइस्वयम्बर डटकमको उद्घाटन गरेकी छु, यो साल वर भेटिने छ । मेरो पनि यही साल स्वयम्बर हुन्छ ।’ सांसदले यसो भनिरहँदा उपस्थितिका तर्फबाट शुभकामना र ताली बजेको थियो ।


ADVERTISEMENT

# # #


आज टोपी दिवस परेको सुनाउँदै उनले आफ्नो संस्कारलाई बचाईराख्नको लागि सबैले प्रयास थाल्नुपर्ने बताईन् । उनले भनिन्,‘हिन्दुधर्मको मान्यताअनुसार जोडिएका सम्बन्धहरु सहजै टुट्न गाह्रो हुन्छ, यज्ञ र मण्डपमा अग्निसामु हिन्दु कर्मकाण्डबाट विवाह गरिन्छ, आजकै दिन माइस्वयम्बर डटकम उद्घाटन गर्नुपर्यो ।’ सांसद वलीले नेपाली हिन्दुहरु उदार भएकाले विश्वका संस्कृतिलाई सहजै स्वीकार गर्न सकेको बताईन ।

त्यस्तै कार्यक्रमका सभापति तथा माइस्वयम्बर डटकमका नेपाल संयोजक मुकुन्द शर्माले नेपाली संस्कृति र पहिचान विश्वकै उत्कृष्ट तथा वैज्ञानिक भएको दाबी गरे ।आफूहरुले आज उद्घाटन गरिएको ‘अनलाइन–पोर्टल’ नेपाली हिन्दुहरुको विवाहलाई टार्गेट गरेको पनि उनले सुनाए ।