काठमाडौँ– औद्योगिक घराना के.एल. दुगड समूहका अध्यक्ष किसनलाल दुगड को ७५ औं जन्मोत्सव पारेर उनको सचित्र आत्मकथा समेटिएको ‘द रेनाइसान्स मेन’ नामक पुस्तक सार्वजनिक गरिएको छ । पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा नेता माधवकुमार नेपालले पुस्तकको विमोचन गरेका हुन् ।


ADVERTISEMENT


वि.स. २००० मा जन्मिएका किसनलाल दुगडको यस पुस्तकमा उनलाई जस्तोसुकै दुःखद परिस्थितीमा पनि हरेस नखाइ सकारात्मक सोचका साथ निरन्तर अगाडी बढ्ने व्यक्तीको रुपमा चित्रण गरिएको छ । उनी १३ वर्षको उमेरबाट नै पढाइको साथसाथै उद्योग व्यवसायलाई पनि अगाडि बढाउन निरन्तर रुपमा लागिरहेका छन् ।


ADVERTISEMENT

# # #


कृषि प्रधान देश नेपालको विकासमा कृषि सम्बन्धि उद्योगहरु खोलि विस्तार गर्यो भने देश विकासमा सहयोग पु¥याउन सकिन्छ भन्ने सोचाइका साथ उनले कृषि क्षेत्रसंग सम्बन्धित उद्योगहरु सञ्चालन गर्दै आइरहेका छन् । के.एल. दुगड समुह पछिल्लो समय सिमेन्ट उद्योग तथा हाइड्रोपावरहरुमा लगानी गरेको छ ।