काठमाडौं । वैदेशिक रोजगारीमा जानेहरुले पुन: श्रम स्वीकृतिका अब काठमाडौं आउनु नपर्ने भएको छ । सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको सहजताका लागि आइतबारदेखि प्रदेशबाटै पुनः श्रम स्वीकृति जारी गर्न थालेपछि काठमाडौं आउनु नपर्ने भएको हो ।


ADVERTISEMENT


वैदेशिक रोजगारीसँग सम्बन्धित सेवालाई विकेन्द्रित गरी प्रदेशबाट नै पुनः श्रम स्वीकृति दिन सुरु गरिएको हो । आइतबारदेखि पहिलो चरणमा प्रदेश नं २ को श्रम तथा रोजगार कार्यालय जनकपुर र प्रदेश नं ५ को बुटवलबाट श्रम स्वीकृतिलगायत वैदेशिक रोजगारसँग सम्बन्धित सेवा उपलब्ध गराइने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


यस्तै, विराटनगर, धनगढी र सुर्खेतबाट सेवा सुरु गर्ने तयारी अन्तिम चरणमा पुगेको मन्त्रालयका सचिव महेशप्रसाद दाहालले जानकारी दिनुभयो । यसका लागि अनलाइन प्रणाली तयार रहेको भन्दै सचिव दाहालले यो सफ्टवेयर जडान गरेपछि काम सुरु हुने बताउनुभयो । प्रदेशबाट सुरु गरिएको कामलाई सहज बनाउन कम्प्युटर अपरेटर, अधिकृत, सुब्बा र कार्यालय सहयोगीको व्यवस्था गरिएको छ ।