काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका ८ जना सशस्त्र प्रहरी उपरीक्षकलाई सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षमा बढुवाको निर्णय गरेको छ।


ADVERTISEMENT


गृह सचिव प्रेमकुमार राईको अध्यक्षतामा बसेको बैठकले ८ जना एसपीलाई एसएसपीमा बढुवा गर्ने निर्णय गरेको हो।


ADVERTISEMENT

# # #


बढुवाको सूचीमा परेका एसपीहरुमा भगवान मल्ल, भीमबहादुर थापा, कालिदास धौवजी, इन्द्रराज कार्की, प्रेमराज पोखरेल, दमन थापा, कुमार न्यौपाने र फडिन्द्र पौडेल रहेका छन।