काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले ५ महिनापछि कोरिया र साउदीअरेबिया उडान गर्ने योजना बनाएको छ।


ADVERTISEMENT


साउदी उडानका लागि प्रक्रिया सुरु गर्दै निगमले सेल्स एजेन्ट (जिएसए) का लागि बुधबार टेन्डर आह्वान गरेको छ। साउदीमा जिएसए अनिवार्य भएकाले यो प्रक्रिया अगाडि बढाइएको निगमका सहप्रवक्ता नवराज कोइरालाले जानकारी दिए।


ADVERTISEMENT

# # #


उनका अनुसार निगमको कोरिया र साउदीअरेबियामा अप्रिल र मेभित्र उडान गर्ने योजना रहेको छ। दोस्रो चरणमा वाइडबडी विमानबाट यी दुई गन्तव्यमा र पहिलो चरणमा जापान र चीन उडान गर्ने निगमको योजना रहेको छ।

एयरबस ३३०–२०० विमान खरिद गरेको ६ महिना पुग्न लाग्दासमेत नयाँ गन्तव्यमा उडान हुन सकिराखेको छैन। नयाँ दुई विमानबाट दोहा, दुवईलगायतका पुरानै गन्तव्यमा उडान हुँदै आएको छ।