काठमाडौँ– माछापुच्छ्रे बैंक लिमिटेडले ओखलढुङ्गामा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले बिहीबार ओखलढुङ्गाको सुनकोशी गाँउपालिका स्थित सुनकोशी शाखा कार्यालयको औपचारिक सुरुवात गरेको हो ।


ADVERTISEMENT


उक्त शाखाको उद्घाटन बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले प्रदेश सभाका सांसद मोहन खड्का र सुनकोशी गाउँपालिकाका अध्यक्ष रुद्र प्रसाद अधिकारीसँग संयुक्त रुपले गरेका हुन् ।


ADVERTISEMENT

# # #


यस अघि यो स्थानीय निकायमा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति रहेको थिएन । सुनकोशी शाखा कार्यालयको औपचारिक सुरुवातपछि यस सुनकोशी गाँउपालिकामा उपस्थिति जनाउने पहिलो बैंक बन्न सफल भएको छ । नयाँ शाखा मार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ ।

१०८ वटा एटीएमहरु संचालन गरिरहेको बैकले देशभर ८९ वटा शाखाहरु र ४६ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १३५ स्थानवाट बैँकिङ सेवा प्रदान गरिरहेको छ ।