काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुई सय २५ सह-सचिवको नाम सार्वजनिक  गरेको छ।


ADVERTISEMENT


सार्वजनिक गरिएको सूचीमा भ्रष्टाचारको आरोपमा  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेका आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूणामणि शर्मा पहिलो नम्बरमा छन्।


ADVERTISEMENT

# # #


मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सुर्खेतका सचिव रामप्रसाद थपलिया दोस्रो नम्बरमा छन्।

गृह मन्त्रालयका सहसचिव वीरेन्द्रकुमार यादव तेस्रो नम्बरमा छन्। मंगलबार सार्वजनिक गरिएको सूचीको चौथो नम्बर मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय जनकपुरका सचिव दिपक सुवेदी छन्।

सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारी ९ औं नम्बरमा परेका छन्। अन्तिम नम्बरमा सामाजिक विकास मन्त्रालय धनगढीका सचिव गोगनबहादुर हमाल रहेका छन्।