काठमाडौं । सरकारले पराल, खर र स्याउलाको छाना भएका परिवारलाई जस्तापाता हाल्न ५० हजार रुपैयाँ दिने भएको छ।


ADVERTISEMENT


गरिबीको रेखामुनी रहेका र प्रकोपका कारण घरबारविहीन भएका परिवारलाई सुरक्षित आबासमा ल्याउन सोमबार बसेको मन्त्रीपरिषद् बैठकले जस्तापाता किन्न रकम दिने निर्णय गरेको हो।


ADVERTISEMENT

# # #


बैठकले ‘सुरक्षित नागरिक आबास कार्यान्वयन कार्यविधि ०७५’ स्कीकृत गरेको छ। चालु आर्थिक वर्षको बजेटमा सुरक्षित आबासको लागि १ अर्ब रुपैयाँ छुट्याइएको छ।

सहरी विकास मन्त्रालयका अनुसार स्थानीय तहको सिफारिसमा सम्झौता भएपछि ६० प्रतिशत रकम दिइने छ भने जस्तापाता हालिसकेपछि बाँकी ४० प्रतिशत रकम उपलब्ध हुनेछ।