कैलाली– नेपाल आइडल २ का विजेता रवी वडलाई सुदूरपश्चिम प्रदेश सरकारले आज धनगढीमा सम्मान गरेको छ ।


ADVERTISEMENT


विमानस्थलबाट सिधै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका वडलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रि त्रिलोचल भट्टले कार्यकक्षमै खादा तथा फूलमालासहित स्वागत गरेका हुन् । सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले रवीको जित सुदूरपश्चिवासीको जित भएको बताए । उनले यो जितलाई आत्मसात गरी आगामी दिनमा थप उचाई प्राप्त गर्न वडलाई शुभकामना दिए । उनले वडलाई सहयोग र साथ दिनका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।


ADVERTISEMENT

# # #


यस्तै सम्मान कार्यक्रममा संक्षिप्त प्रतिक्रिया दिँदै नेपाल आइडल २ का विजेता रविले यो जित आफ्नो मात्र नभई सम्पूर्ण सुदूरपश्चिमवासीको रहेको बताए । उनले सम्पूर्ण देशवासीको माया र स्नेहले आफूले यो स्थान हासिल गरेको भन्दै खुसी व्यक्त गरे।

सोही अवसरमा मुख्यमन्त्री भट्टसहित धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड, प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठ, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक आभूषण तिमिल्सिेना लगायतले रविलाई सम्मान गरेका छन ।