काठमाडौँ– नेपाल विद्यार्थी संघको संयोजनमा ‘मास्क मुभमेन्ट’ शुरु भएको छ । संविधानको मौलिक हक अन्तर्गत श्वास फेर्न नपाएको भन्दै सोमबार अभियन्ताहरुले काठमाडौँ महानगरपालिकामा ज्ञापनपत्र बुझाएका छन् । बिहिबार भृकुटीमण्डपदेखि शुरु भएको र्याली काठमाडौँ महानगरपालिकामा गएर टुंगिएको थियो ।


ADVERTISEMENT


अभियानका संयोजक नवराज त्रिपाठीका अनुसार विश्व स्वास्थ्य सङ्गठनको मापदण्डभन्दा पाँचगुणा बढी प्रदूषित भएले स्थानीय सरकारको ध्यानाकर्षण गरिएको हो । स्थानीय सरकारले जनताले स्वच्छ वातावरणमा श्वास फेर्न पाउने अधिकार हनन् हुँदा समेत प्रदुषण न्युनिकरणका लागि ठोस कदम नचालेको संघका केन्द्रीय सदस्य समेत रहेका त्रिपाठीको आरोप छ ।


ADVERTISEMENT

# # #


अभियन्ताले मेयर विद्यासुन्दर शाक्यलाई ज्ञापनपत्र बुझाउने भनिएपनि शाक्य अनुपस्थित भएपछि उपमेयर हरिप्रभा खडुगीलाई बुझाएका थिए ।

ज्ञापनपत्र बुझ्दै खड्गीले खानेपानी आयोजनाका कारण उपत्यकामा अत्यधिक वायु प्रदूषण भएको र प्रदूषण न्यूनीकरण गर्न महानगरपालिका लागेको बताइन् । देशको समस्यामा युवाहरुको चासोले आफुलाई उर्जा थपेको बताउँदै उनले आफुहरुबाट हुने गल्ति कमीकमजोरीमा युवाहरुले सचेत गराउँदा सँधै सहि बाटो पहिल्याउन सहज हुने उल्लेख गरिन् ।

अभियन्ताहरुले ‘सास फेर्न दे सरकार’ लेखिएको मास्क उपहार स्वरुप उपमेयर खड्गीलाई लगाइदिएका थिए ।

कार्यक्रममा नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वमा नेविसंघका उपाध्यक्ष डिल्लिराम सुवेदी, अभियान्ताहरु गोपी सिवाकोटी,जानुका पन्त, हरि आचार्य, अमृत ज्ञवाली, मनिष सिम्खडा रञ्जनहरी काफ्लेलगायत विभिन्न क्याम्पसबाट आएका सयौं विद्यार्थी मास्क लगाएर उपस्थित भएका थिए ।