लहान– नक्‍कली सुनलाई सुन भन्दै ठग्न नेपाल प्रवेश गरेका तीन जना भारतीयलाई सिरहा प्रहरीले पक्राउ गरेको छ।


ADVERTISEMENT


जिल्ला प्रहरी कार्यलय सिरहाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई सीमावर्ती नवराजपुर गाउँपालिका–४ बाट पक्राउ गरेको हो । २ किलो २ सय ३४ ग्राम तौलको इंटा आकारमा अन्य धातुबाट बनाइएको सुनजस्तै देखिने वस्तुसहित भारत मधुबनीका रामसेवक पासमान, नथुनी राम र दिपु सिंहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय सिरहाका डिएसपी माधव राज खरेलले जानकारी दिए।


ADVERTISEMENT

# # #


प्रहरीले उनीहरुले प्रयोग गरेको स २प ८१८० नम्बरको नेपाली र बीआर ३२ एन ५३८९ नम्बरको मोटरसाइकल लाई चेकजाँच गर्ने क्रममा उक्त वस्तुसहित मोटरसाइकल र तीनै जनालाई नियन्त्रणमा लिएको छ । डिएसपी खरेलका अनुसार पक्राउ गर्ने क्रममा उनीहरुले प्रहरीसँग अभद्र व्यवहार पनि गरेका छन्। उनीहरुमाथि सार्वजानिक अपराधको मुद्दा चलाएर अनुसन्धान गरिरहेको डिएसपी खरेलले बताएका छन।