काठमाडौं । नेपालको क्रिकेट प्रबर्धनमा बिसेष अभिरुचि राखेको अस्ट्रेलियाको एक्स्पर्ट ग्रुपले यो वर्षको अन्तिममा र नयाँ वर्षको सुरुमा अस्ट्रेलियामा क्रिकेट महोत्सव गर्ने भएको छ ।


ADVERTISEMENT


आयोजक संस्था एक्सपोर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसका प्रमुख कार्यकारी अधिकृत सन्जीव शर्माका अनुसार नेपाली क्रिकेटको प्रबर्धन गर्ने लक्ष अनुसार अस्ट्रेलियामा यो महोत्सव गर्न लागिएको हो । उनले अपील गर्दै भनेका छन् – आउनुहोस नेपाली क्रिकेटलाई सबैमिली प्रबर्धन गरौं र हाम्रा खेलाडीलाई सहयोग गरौ ।


ADVERTISEMENT

# # #


यो महोत्सवमा क्रिकेट क्लिनिक राखिने, नेपालबाट आउने क्रिकेट खेलाडीसंग भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रमहरू राखिने । नेपाली क्रिकेट प्रेमी बालबालिकाहरुका लागि छुट्टै क्लिनिक राखिने छ ।

नेपालबाट नेपाली क्रिकेट खेलाडी पारस खड्का, दिपेन्द्र सिंह ऐरी र सुबास प्रधान आउने आयोजकले जानकारी दिएको छ ।

यही डिसेम्बर ३० मा मेलबर्नमा, जनावोरी ५ र ६ मा सिड्नीमा , जनवरी १० मा ब्रिसबेनमा र १२ मा एडीलेडमा हुने महोत्सवका क्रममा खेलाडीहरुलाई परिचयात्मक भ्रमण गराउने, क्रिकेट म्याचहरु आयोजना गर्ने तयारी रहेको ब्यबस्थापकहरुले बताएका छन् ।