काठमाडौं । नेपाली क्रिकेट टोलीले आगामी महिना संयुक्त अरब इमिरेट्स (युएई) सँग वान डे र टी-२० श्रृंखला खेल्ने भएको छ । नेपालले जनवरीमा वान डे र टी-२० श्रृंखला यूएईमानै खेल्ने नेपाली क्रिकेट टिमका एनालिस्ट रमन शिवाकोटीले जानकारी दिए ।


ADVERTISEMENT


शिवाकोटीका अनुसार नेपालले ५ मध्य कति टि-२० र वान डे खेल्ने भन्ने यसै साता तालिका सार्वजनिक हुनेछ । मैदान र समयको पनि यसै साता टुङ्गो लाग्ने शिवाकोटीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


नेपाल क्रिकेट संघ क्यान निलम्वनमा रहेको अवस्थामा खेलाडी र प्रशिक्षकको आग्रहमा आईसीसीले शृंखला खेलाउन लागेको हो ।

नेपालले अघिल्लो वर्ष जिम्बावेमा सम्पन्न एकदिवसिय विश्वकप छनोटमा आठौं स्थानमा रहेर ४ वर्षको लागि वान डे मान्यता पाएको छ । नेपालले अगस्टमा वान डे अन्तर्राष्ट्रियमा डेब्यु गर्दै नेदरल्यान्डसँग दुई वान डे खेल खेलेको थियो । दुई वान डे श्रृंखला १–१ को बराबरीमा सकिएको थियो ।

त्यस्तै नेपालले तेस्रो वानडे युएईसँग एसिया कप छनोटमा खेलेको हो । नेपालले हालसम्म खेलेका ३ वान डे खेलिसकेको छ ।