काठमाडौँ– कुशल मल्ल र रोहित पौडेलले उत्कृष्ट साझेदारी गरेपछि भैरहवा ग्लाडियटर्स् काठमाडौँमा जारी एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–२० क्रिकेट प्रतियोगिताको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । आज भएको खेलमा चितवन टाइटर्सलाई भैरहवाले ४ विकेटले पराजित गरेको हो ।


ADVERTISEMENT


त्रिवी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको चितवनले निर्धारित २० ओभरमा ८ विकेटको क्षतीमा १३९ रन बनायो । १४० रनको लक्ष्य पच्छ्याएको भैरहवाले १८.२ ओभरमा ६ विकेट गुमाउँदै १४२ रन पूरा गर्यो । कुशल मल्ल र रोहित कुमार पौडेलले ४ ओभरमा ५१ रनको अविजित साझेदारी गरेपनि भैरहवाले सहज जित निकालेको हो ।


ADVERTISEMENT

# # #


भैरहवाका लागि प्रदीप ऐरीले सर्वाधिक ४२ रन बनाए । उनले ३८ बलमा ६ चौका प्रहार गरे । यस्तै कप्तान शरद भेषवाकरले २९ रन जोड्दा अन्यले दोहोरो अंक छुन सकेका थिएनन् । तर सातौँ नम्बरमा आएका रोहित पौडेल र आठौँ नम्बरमा आएका कुशल मल्लले उत्कृष्ट खेल्दै हिटलाई जित दिलाए । कुशलले मात्र १३ बलमा अविजित २७ रन बनाए । त्यस क्रममा उनले २ चौका र २ छक्का प्रहार गरे । यता रोहित पौडेलले पनि २ चौका र १ छक्काको मदतमा १३ बलमा नै अविजित २४ रन जोडे ।

चितवनका लागि कमल सिंह ऐरीले ३ विकेट लिए । ४ ओभरमा उनले २६ रन खर्चिए । यस्तै ललित भण्डारी र दीपेन्द्र ऐरीले समान ११ विकेट लिए ।

यसअघि चितवनका लागि एकतिर विकेट पतन भइरहदा दीपेन्द्र सिंह ऐरीले एकतर्फ इनिङ सम्हालेर टिमलाई मध्यम स्कोरमा पुर्याएका हुन् । उनले ४५ बलमा ६ चौका र एक छक्काको मदतमा ५६ रन बनाएर आउट भए ।

उनले भैरहवाका बलर रायन टान डेस्काटाको एकै ओभरमा लगातार चार चौका प्रहार गरेका थिए । यसअघि पउल स्टर्लिङले ७ बलमा १४ तथा जोहन सिम्पसोनले १५ बलमा १४ रन बनाए ।

यस्तै कमलसिंह ऐरीले दीपेन्द्रलाई साथ दिने क्रममा २ चौकाका साथ ११ बलमा १४ रन बनाएर आउट भए । अन्यले दोहोरो अंक छुन सकेनन् ।

यता भैरहवाका लागि मोहम्मद नाभिदले ३ विकेट लिए । ४ ओभर बलिङ गरेका उनले २४ रन खर्चिए । यस्तै अभिनास बोहराले २ विकेट लिँदा रायन टेन डेस्काटे, कृष्ण कार्की र भुवन कार्कीले १र१ विकेट लिए ।
दुबै टोलिलाई आज गर या मरको स्थिति रहेको छ । विजेटा टिमले बिहीबार फाइनल प्रवेशका लागि काठमाडौँ किंस ११ विरुद्ध खेल्नेछ । यसअघि ललितपुर फाइनल प्रवेश गरिसकेको छ ।