काठमाडौँ– साविक विजेता विराटनगर वारियर्स् काठमाडौँमा जारी एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–२० क्रिकेट प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ । सोमबार काठमाडौँसंग ५ विकेटले पराजित हुँदै विराटनगर प्रतियोगिताबाट बाहरिँदा चिवनलाई फाइदा पुग्यो । ५ खेलमा २ जितसहित विराटनगरसंग समान अंक भएपनि चितवन रनरेटका आधारमा प्लेअफमा पुगेको हो ।


ADVERTISEMENT


त्रिवी क्रिकेट मैदानमा टस हारेर पिब्याटिङ थालेको विराटनगरले राम्रो लक्ष्य दिन सकेन । उसले १७.५ ओभरमा सबै विकेट गुमाउँदै १०० रन मात्रै बनाउन सक्यो । जबाफी ब्याटिङमा उत्रिएको काठमाडौँले १७.५ ओभरमा नै ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । काठमाडौँका लागि केभिन ओ’ब्राइनले ३ छक्का र २ चौकाको मदतमा ४३ बलमा सर्वाधिक ४५ रन बनाए ।


ADVERTISEMENT

# # #


यस्तै प्रदीप साहुले अविजित २१ रन बनाए । ३२ बलमा उनले ३ चौका प्रहार गरे । अमित श्रेष्ठले १४ र सागरपुनले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् ।

यता विराटनगरका लागि कप्तान पारस खड्का र रोयलोफ भान देर मार्भीले समान २२ विकेट लिए । रवीन क्षेत्रीले १ विकेट लिँदा करण केसीले ४ ओभरमा मात्र १४ रन खर्चिए ।

यसअघि प्रदीप साहुको कसिलो बलिङसँगै विराटनगर वारियर्सले काठमाडौं किङ्स—११ लाई १०१ रनको झिनो लक्ष्य दिएको थियो । ईपीएलअन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा निर्धारित १७।५ ओभर सबै विकेट गुमाएको विराटनगरले १०० रनमात्रै बनाउन सक्यो ।

खेलमा काठमाडौंका बलर हावी भएपछि विराटनगरका ब्याट्म्यान सानो योगफलमा समेटिएका थिए । कप्तान पारस खड्का, सुमित महर्जन र हरि चौहानले २० रन कटाएपनि अन्य खेलाडीले कटाउन सकेनन् ।
विराटनगरका लागि सुमित महर्जनले २५, हरि चौहानले २२ रन र कप्तान पारस खड्काले २१ रनब नाए भने बाबर हायतले ११ रन बनाउन बाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

विराटनगरलाई १०० रनमा समेट्न काठमाडौंका पुनित साहुले उत्कृष्ट बलिङ गरे । उनले ४ ओभर बलिङ गर्दै १० रन खर्चेर २ विकेट लिए भने केभिन ओब्राइले ३ ओभर बलिङ गर्दै १८ रन खर्चेर ३ विकेट लिदाँ रोहन मुस्तफा र विक्रम भुषालले समान दुुई विकेट लिए । त्यसगरी, जितेन्द्र मुखियाले एक विकेट लिए ।

समूह चरणको दोस्रो स्थानमा रहेको काठमाडौँले मंगलबार समूह चरणको अग्र स्थानमा रहेको ललितपुर प्याट्रियट्ससंग खेल्नेछ । त्यसको विजेता टोली प्रतियोगिताको फाइनलमा जानेछ भने पराजित टोली बुधबार चितवन राइनोज र भैरहवा ग्लाडिएटरर्सबीचको विजेतासंग भिड्नेछ । जित्ने टोली फाइनल पुग्नेछ ।