गुल्मी । गाडी मोहका कारण जनप्रतिनिधिहरु आलोचित बनिरहेका बेला गुल्मीको मदाने गाउँपालिकाले भने गाडी किन्ने पैसाले एम्बुलेन्स खरिद गरेको छ । जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको यो कार्यले स्थानीयवासी खुसी मात्र भएका छैनन्, जनप्रतिनिधिलाई सम्मानका साथ हेर्न थालेका छन् ।


ADVERTISEMENT


मदाने गाउँपालिकाले २२ लाख ९४ हजार रुपैयाँ लागतमा दुईवटा एम्बुलेन्स खरिद गरेको हो । सो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीका अनुसार एम्बुलेन्स सञ्चालन भएपछि सबैभन्दा टाढाको अग्लुङसहित बाँझकटेरी, सिर्सेनी, मलायगिरि, म्यालपोखरी र भनभने क्षेत्रका स्थानीय लाभान्वित हुनेछन् ।


ADVERTISEMENT

# # #