काठमाडौँ– ‘काठमाडौँ इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ)को १६ औँँ संस्करणमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धातर्फ साहरा मनीको ‘अ थाउजन्ड गल्र्स लाइक मी’ नामक फिल्मले प्रथम पुरस्कार प्राप्त गरेको छ ।


ADVERTISEMENT


पुरस्कारको राशि एक हजार ५०० अमेरिकी डलर रहेको छ । त्यसैगरी अरुण भट्टराई र डोरोत्यो जुर्बोको ‘द नेक्स्ट गार्डियन’ दोस्रो भएको छ । उक्त पुरस्कारको राशि जनही एक हजार अमेरिकी डलर रहेको छ ।


ADVERTISEMENT

# # #


त्यस्तै मिक्लास कल्सटोर्म र मार्टिनी कार्टिनेमको ‘इस्टर्न मेमोरिज’ ले तेस्रो स्थान प्राप्त गरेको छ । उक्त पुरस्कारको राशि ५ सयअमेरिकी डलर रहेको छ । जसको प्रायोजन नेपाल पर्वतारोहण सङ्घ, दीपलक्ष्मी फाउण्डेशन र थामसेर्कु ट्रेकिङले गरेको थियो ।

त्यसैगरी नेपाल पानोरामाअन्तर्गत आख्यानमा अविनासविक्रम शाहको ‘तटिनी’ र गैरआख्यान विधामा विद्या चापागार्इं र कमल कुमारको ‘मरिसकेको मान्छे’ उत्कृष्ट भएको छ । तटिनीले रु एक लाख र मरिसकेको मान्छेले रु ७५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

किम्फमा प्रदर्शित यस वर्षको उत्कृष्ट पर्वतीय फिल्म मुनमुन धलेरियाको ‘एन अनसर्टेन विन्टर’ हुन सफल भएको किम्फका अध्यक्ष वसन्त थापाले जानकारी दिनुभयो । त्यस्तै किम्फमा उत्कृष्ट साहसिक फिल्म प्रसुना डङ्गोलको ‘डोल्पा डायरी’ ले जितेको छ । जसलार्ई आपा शेर्पा फाउण्डेशनले एक हजार अमेरिकी डलरको नगद पुरस्कार प्रदान गरेको छ ।

किम्फमा यस पटक नेपाललगायत ३१ वटा देशहरुको ७० भन्दा बढी फिल्महरु देखाइएको थियो । यो वर्ष पनि किम्फमा वृत्तचित्र, कथानक चलचित्र, लघु चलचित्र, प्रयोगवादी र एनिमेसन फिल्महरू देखाइएको थियो ।