काठमाडौँ– मतगणनाका क्रममा भरतपुरमा च्यातिएका मतपत्र कडा सुरक्षाकाबीच आज काठमाडौं ल्याइएको छ । बुद्ध एयरका नियमित उडानबाट मंगलवार विहान मत्रपत्र काठमाडौं ल्याइएको हो ।


ADVERTISEMENT


मतपत्र प्रकरणमा सर्वोच्च अदालतले च्यातिएका मत पत्र झिकाउन भनेपछि उक्त मत पत्र आज काठमाडौं ल्याइएको हो । सर्वोच्चले असार ६ मा एक साताभित्र च्यातिएका मतपत्रसहितका कागजात पेश गर्न आदेश दिएको थियो ।


ADVERTISEMENT

# # #


भरतपुरको कभर्डहलमा कपडाले पोको पारेर राखिएका मतपत्रलाई मतपेटिकामा राखेर सिल गरी पठाइएको हो । मुख्य निर्वाचन अधिकृत कविलप्रसाद न्यौपाने, सहायक मतदान अधिकृत गम्भीर घिमिरे र प्रहरी नायब निरीक्षक गोविन्द श्रेष्ठ मतपत्र लिएर काठमाडौँ गएका हुन् ।

बिहान ८ः१५ बजेको बुद्ध एअरको विमानबाट उनीहरु काठमाडौँ गएका हुन् । उक्त मतपत्र आजै सर्वोच्च अदालतमा बुझाइने छ । जिल्ला प्रशासन कार्यालय चितवनले सर्वोच्चले माग गरेको तत्कालीन अवस्थाको प्रहरीको प्रतिवेदन पनि टोलीसँगै पठाएको छ । यसअघि आज बिहान दलका प्रमुख र प्रतिनिधि एवम् उम्मेदवारको रोहवरमा च्यातिएको मतपत्र मतपेटिकामा राखेर सिल गरिएको थियो । सो मतपत्रलाई प्रहरीको स्कर्टिङमा भरतपुर विमानस्थलसम्म पु¥याइएको प्रहरी प्रमुख दीपक थापाले बताए ।

भरतपुर महानगरपालिका–९ को मतगणना जारी रहेको बेला दलका कार्यकर्ताले मतपत्र च्यातेपछि यो विवाद सर्वोच्चमा पुगेको हो । महानगरका २९ वटामध्ये २७ वटाको गणना सम्पन्न भएको छ भने १९ को अन्योलमा रहेको छ । वडा नं २० को मतगणना बाँकी रहेको छ ।

नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)ले पुनः मतदान गर्नुपर्ने माग गर्दै आएका छन् भने नेकपा ९एमाले०ले मतगणना जारी राख्नुपर्ने माग गर्दै सर्वोच्च पुगेको हो । निर्वाचन आयोगले वडा नं १९ मा पुनः मतदान गर्न निर्देशन गरेपछि सो मुद्दा सर्वोच्च गएको हो ।