काठमाडौं । न्सको पूर्वी शहर स्ट्रासबर्गमा अन्धाधुन्ध गोली प्रहार हुँदा कम्तिमा दुईजनाको ज्यान गएको छ । घटनामा अरु १२ जना घाइते भएका छन् । एक बन्दुकधारीले व्यस्त बजारमा अन्धाधुन्ध गोली चलाएका हुन् ।


ADVERTISEMENT


भाग्दै गरेका ती बन्दुकधारीलाई प्रहरीले पक्राउ गरेको छ । बन्दुकधारी जवाफी कारवाहीको क्रममा घाइते भएको प्रहरीले जनाएको छ । क्रिसमस मार्केट नजिकै घटना भएको हो ।


ADVERTISEMENT

# # #


घटना आतंकवादी रहेको भन्दै फ्रान्सको काउन्टर टेरोरिजमका अधिकारीले अनुसन्धान थालेका छन् । घाइते भएका मध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले उल्लेख गरेको छ ।

स्ट्रासबर्गकै २९ वर्षका आक्रमणकारीले आतंकवादी गतिविधि गर्न सक्ने भन्दै सुरक्षा निकायमा यसअघि नै सूचना थियो र निगरानी पनि भइरहेको थियो ।

ती व्यक्ति लुटपाटमा संलग्न भएको आशंकामा प्रहरीले नेउडोर्फमा रहेको अपार्टमेन्टमा प्रहरीले छापा मारेको थियो । उनी त्यहाँबाट भागे । उनको अपार्टमेन्टबाट प्रहरीले ग्रिनेड बरामद गरेको थियो ।