विराटनगर– नेकपा (एमाले)का नेता माधवकुमार नेपालले स्थानीय निर्वाचनपछि संविधान संशोधन गर्ने विषयमा दलहरुबीच सहमति नभएको बताएका छन्।


ADVERTISEMENT


यहाँ आज सञ्चारकर्मीसँगको भेटमा उनले आगामी असोज २ गतेको स्थानीय निर्वाचन पछाडि नेपाली काँग्रेस, एमाले, नेकपा (माओवादी केन्द्र) र राजपाबीच संविधान संशोधनका विषयमा छलफल गरिने स्पष्ट पारे ।


ADVERTISEMENT

# # #


पूर्वप्रधानमन्त्री नेपालले लोकतन्त्रमा जनता नै सर्वोपरि भएको बताउँदै राजपाले लनिर्वाचनमा जान विभिन्न सर्त राख्नु गलत भएको धारणा व्यक्त गरे। उनले राजपाका एक–दुई नेताको ढिपीका कारण स्थानीय निर्वाचनमा दलीय रुपमा सहभागी नभएको आरोप लगाए । उनले आगामी मङ्सिर १५ गतेभित्र एकै चरणमा प्रदेश र संसद्को निर्वाचन गराउन निर्वाचन आयोग लाग्नुपर्नेमा जोड दिए ।