काठमाडौं । ‘सबैको कांग्रेस, सधैँको कांग्रेस’ अभियानको शुभारम्भ गरिएको छ ।


ADVERTISEMENT


नेपाली कांग्रेस नुवाकोटका युवाहरुबाट सुरुवात गरिएको ‘सबैको कांग्रेस, सधैँको कांग्रेस’ अभियानको नेपाली काङ्ग्रेसका पूर्वमहामन्त्री कुलबहादुर गुरुङले शुभारम्भ गरे ।


ADVERTISEMENT

# # #


कार्यक्रममा नेता गुरुङले कांग्रेसलाई पुनर्ताजगी दिनका लागि अभियानले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

नेता गुरुङले बलियो कांग्रेस निर्माणका लागि आफूले काङ्ग्रेसको केन्द्रीय समितिको बैठकमा पटकपटक आवाज उठाउँदै आएको उल्लेख गरे । उनले देशभरका कांग्रेस कार्यकर्तालाई एक बनाएर आगामी निर्वाचनमा पहिलो पार्टी बनाउन अभियानलाई देशव्यापी लैजान जरुरी रहेको बताए ।

अभियन्ता दीपक भण्डारीले पार्टीभित्र एउटै व्यक्तिले दोहोर्‍याउने परिपाटीको अन्त्य गर्दै समान अवसर सिर्जना गर्ने वातावरण निर्माण गर्न उक्त अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए ।

अभियन्ता हरिशरण खतिवडाले नयाँ दृष्टिकोण र नयाँ सोचका साथ पार्टीलाई अगाडि बढाउन अभियान सुरु गर्न लागिएको बताउँदै आगामी दिनमा यो अभियानलाई देशव्यापी लैजाने बताए ।

अभियन्ता अञ्जना अर्याल, जयराम दाहाल लगायतले नयाँ काङ्ग्रेस निर्माणका लागि अभियानले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।