काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्ड भ्रमणबाट फर्कने क्रममा अन्य उडानलाई आकाश र ग्राउन्डमा ‘होल्ड’ राखिँदा बिहीबार काठमाडौं विमानस्थलका उडान रातिसम्मै प्रभावित भए ।


ADVERTISEMENT


कतरा एयरवेजको भीभीआईपी उडान बिहान ११ः०८ बजे अवतरण भएकामा त्यसपछिका उडान २ घण्टासम्म डिले भएका हुन् । उक्त विमान काठमाडौंमा ११ः४० मा अवतरण गर्ने भनिएकामा आधा भण्टा ढिलो भएको थियो ।


ADVERTISEMENT

# # #


त्यसपछि आधा घण्टाका लागि सबै व्यावसायिक उडान रोकिएका थिए । उडान डिले हुँदा पोखराका लागि बिहीबार तय गरिएका तीन उडान रद्द गर्नुपरेको बुद्ध एयरले जनाएको छ ।