काठमाडौं । मिस वर्ल्डको अन्तिम ३० मा प्रवेश गरेकी नेपाली चेली श्रृंखला खतिवडालाई उत्साह दिन बुबा विरोध खतिवडासहित ३१ जना शुभचिन्तक चीन पुगेका छन् ।


ADVERTISEMENT


मिस वर्ल्ड नेपाल २०१८ मा श्रृंखलालाई हौसला दिन उनका परिवारसहित, आफन्त, शुभचिन्तक, छरछिमेकको टोली बिहीबार चीन पुगेका हुन् ।


ADVERTISEMENT

# # #


टोलीमा श्रृंखलाका बुबासँगै आमा मुनु सिग्देलका साथमा ३१ जना सहभागी छन् ।

टोलीमा उनका मामा माइजूसहित परिवारका अन्य सदस्य, हेटौंडा उप महानगरपालिकाका उपमेयर मिना लामा, मदनकुमार दाहाल, अनिल पाण्डे, नबिन केसीलगायत छन् ।