काठमाडौँ– आगामी शनिबारदेखि काठमाडौंमा हुने एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–२० क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक भएको छ ।


ADVERTISEMENT


बिहीबार एक कार्यक्रमको आयोजना गरी ६ वटै टिमका कप्तानले ट्रफी सार्वजनिक गरेका हुन् । अघिल्लो वर्षको भन्दा यो पटकको इपीइल भव्य हुने आयोजकले जनाएको छ । पुस ७ गतेसम्म हुने प्रतियोगितामा दर्शकलाई भरपुर मनोरञ्जन दिइने निर्देशक आमिर अख्तरले जनाए । त्यसका लागि विदेशी चियरलिडर्रस् र कमेन्टेटर पनि ल्याएइको छ ।


ADVERTISEMENT

# # #


उद्घाटन खेल पारस खड्का नेतृत्वको विराटनगर वारियर्स् र ज्ञानेन्द्र मल्लको ललितपुर प्याट्रियट्स् भिड्नेछन् । कुल ६ टिमले प्रतियोगिता १५ दिन चल्नेछ । ललितपुरबाट खेल्ने नेपाली युवा स्टार सन्दीप लामिछाने अष्ट्रेलियाको बिगब्यास लिग खेल्न जाने भएकाले ललितपुरले दुई दिनमा तीन खेल खेल्नेछन् । त्यसपछि सन्दीप अष्ट्रेलिया प्रस्थान गर्नेछन् ।

लिग चरणमा प्रत्येक टिमले एकआपसमा खेल्नेछन्। लिगमा शीर्ष हुने दुई टिमबीच पहिलो क्वालिफायर हुनेछ। जित हात पार्ने टिम फाइनलमा पुग्नेछ। हार्ने टिमले दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछ।

लिगमा तेस्रो र चौथो हुने टिमबीच एलिमिनेटर हुनेछ। जित हात पर्ने टिम दोस्रो क्वालिफायरमा पुग्नेछ। दोस्रो क्वालिफायरको विजेता फाइनलमा पुग्नेछ। पाँचौ र छैटौं हुने टिम लिग चरणबाटै बाहिरिनेछन्।

प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले मान्यता दिएकाले स्टार विदेशी खेलाडीलाई समेत देख्न सकिनेछ । प्रतियोगिताको यस सिजनमा टेस्ट राष्ट्र आयरल्यान्डका चर्चित खेलाडी केभिन ओ ब्रायन पाउल स्टर्लिङ, स्कटल्याण्डका कप्तान केल कोट्जर, युएईका कप्तान रोहन मुस्ताफा र मोहम्मद नाभिद, हंगकंग खेलाडी बाबर हायात, दक्षिण अफ्रिकाका रिचार्डस् लेभी तथा इंग्ल्याण्डका जोहन सिम्पसन जस्ता खेलाडीहरुले सहभागिता जनाउने छन् ।

तेस्रो संस्करणको इपीएलमा काठमाडौं किंग्स एलेभेन, ललितपुर प्याट्रिओट्स, विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर, पोखरा राइनोज र चितवन टाइगर्सले सिंगल राउण्ड रोविनमा प्रतिस्पर्धा गर्दैछन् ।

गत वर्ष पारस खड्का नेतृत्वको विराटनगर किंसले शरद भेषवाकरको भैरहवा ग्लाडियटर्स्लाई एक रनले हराउँदै प्रतियोगिताको उपाधी जितेको थियो ।