सुर्खेत– परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कञ्चनपुरका बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्यामा स्थानीय प्रहरीले लापर्वाहीले गर्दा दोषी पत्ता लगाउन समस्या भएको बताएका छन् ।


ADVERTISEMENT


घटनालगत्तै प्रहरीले अनुसन्धानलाई प्रभावकारी बनाउनुको सट्टा फितलो बनाइदिँदा सरकार नै आलोचित हुनुपरेको मन्त्री ज्ञवालीले बताए । घटनालगत्तै प्रहरीले प्रमाण जुटाउनुको सट्टा लापर्वाहीपूर्वक अनुसन्धान गर्दा अपराधी उम्किन सफल भएको मन्त्री ज्ञवालीको भनाइ छ ।


ADVERTISEMENT

# # #


सोह्रदिने महिला हिंसाविरुद्धको अभियानको कार्यक्रममा सहभागी हुन सुर्खेत आइपुगेका मन्त्री ज्ञवालीले अपराधी छलेर जहाँ गए पनि सरकारले कानूनी दायरमा ल्याएरै छाड्ने दाबी गरे ।

परराष्ट्रमन्त्रीसँगै सुर्खेत आएकी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले सबैखाले हिंसाको अन्त्य गर्न तीन तहकै सरकारबीच समन्वय गरेर अपराधरहित समाज निर्माण गर्न सरकारले सातवटै प्रदेशमा कार्यक्रम गरिरहेको जानकारी दिए ।