काठमाडौं । इंग्लिस प्रिमियर लिगमा चेल्सी विजयी भएको छ । फुलह्यामलाई २–० ले हराउँदै चेल्सी प्रिमियर लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।


ADVERTISEMENT


चेल्सीको जितमा पेद्रो र रुवेन लफ्टस चिकले एक एक गोल गरे । पेद्रोले चौथो मिनेटमा गोल गरेका थिए भने लफ्टस चिकले ८२औं मिनेटमा दोस्रो गोल गरेका थिए । जितसँगै चेल्सीले ३१ अंक बनाएको छ । फुलह्याम भने आठ अंकसहित तालिकाको पुछारमा छ ।


ADVERTISEMENT

# # #