काठमाण्डौ– एसिया प्यासिफिक समिट – २०१८ मा सहभागी हुन काठमाण्डौ आएका नाउरुका सम्माननीय राष्ट्रपति बरुन दिभेदी वाबा तथा फिलिपिन्सकी माननीय उपराष्ट्रपति लिनि रोब्रुडोले आज चन्द्रागिरि केबलकारको भ्रमण गरेका छन्।


ADVERTISEMENT


अनौपचारिक भ्रमणको क्रममा रहेका अति विशिष्ट पाहुनालाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्र प्रसाद ढकाल तथा संचालकहरु हेमराज ढकाल र कल्याण गुरुङ्गले स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराएमा थिए ।


ADVERTISEMENT

# # #


भ्रमणमा सहभागी नाउरुका राष्ट्रपति र फिलिपिन्सकी उपराष्ट्रपतिले चन्द्रागिरि अत्यन्तै सुन्दर ढङ्गले निर्माण गरिएको र चन्द्रागिरिबाट एकदमै सुन्दर दृष्य देखिएको प्रतिक्रिया दिदै आगामी दिनमा फेरी भ्रमण गर्ने इच्छा रहेको बताए ।

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।