काठमाडौं । आज डिसेम्बर १ अर्थात विश्व एड्स दिवस, विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ।


ADVERTISEMENT


‘नो योर स्टाटस’ अर्थात आफ्नो अवस्था जानौं भन्ने नारासहित ३०औं विश्व एड्स दिवस शनिबार विश्वभर विविध कार्यक्रम गरी मनाईदैछ।


ADVERTISEMENT

# # #


 देशैभर बिभिन्न कार्यक्रम गरी बिश्व एड्स दिवसलाई मनाईएको छ ।

ईलाम नगरपालिका स्वास्थ्य शाखाले समेत र्याली निकाली सहर परिक्रमा गरेर एड्स बिरुद्ध जनचेतना फैलाएको छ ।

एड्स दिवसको पूर्वसन्ध्यामा माइती नेपालले समेत हिजो काठमाडौंको गौशाला चोकमा दीप प्रज्वलन कार्यक्रमको आयोजना गरेको थियो ।

महिला हिंसा विरुद्धको सोह्र दिने अभियान अन्तर्गत विश्व एड्स दिवसलाई महत्वपूर्ण दिनको रुपमा लिने गरिन्छ।

एचआइभी एड्स सम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह सहयोग तथा उपचार सेवाका लागि विश्वव्यापी ध्यानाकर्षण गर्दै बृहत रुपमा जनचेतना जगाउने र भावी कार्यक्रममा बहुपक्षीय संलग्नता र सहभागिता बढाउने अभिप्रायले सन् १९८८ देखि विश्व एड्स दिवस मनाउन थालिएको हो।

एचआईभी संक्रमणले गर्दा मृत्यूभएका ती सम्पूर्ण संक्रमितहरुको आत्माको चिर शान्तिका लागि दिप प्रज्वलन गरि उनीहरुको सम्झना गरीनुका साथै विभिन्न जनचेतनामुलक कार्यक्रम गरिन्छ। पछिल्लो समय नेपालमा एचआईभी एड्सको संक्रमण घट्दै गएको छ । एचआइभीको नयाँ संक्रमण ८० प्रतिशतले र एड्सबाट हुने मृत्यु २२ प्रतिशतले घटेको स्वास्थ्य मन्त्रालयको दावी रहेको छ।