काठमाडौं । भारतको कोलकातामा हुन गइरहेको २० औं अन्तर्राष्ट्रिय ज्योतिष, अध्यात्म एवं बास्तु सम्मेलनमा भाग लिन नेपाली ज्योतिष प्रतिनिधिमण्डल भारत प्रस्थान गर्दैछ ।


ADVERTISEMENT


विश्व ज्योतिष समाज र कामख्य गुरुकुल सेवाश्रमको संयुक्त आयोजनामा हुन लागेको कार्यक्रममा नेपालबाट ज्योतिषी डा. सुनील सिटौला र युवा ज्योतिषी हरिहर अधिकारीले सहभागिता जनाउँदैछन् ।


ADVERTISEMENT

# # #


आइतबार कोलकाताको होटल हिन्दूस्तान इन्टरनेशनलमा आयोजना हुने एक दिवसीय सम्मेलनमा ज्योतिष, अध्यात्म, बास्तुलगायतका विषयमा छलफल हुने र विभिन्न व्यक्तिले आफ्ना कार्यपत्र प्रस्तुत गर्ने जनाइएको छ ।

कार्यक्रममा नेपाल, भारत, श्रीलंका, म्यानमार, बंगलादेश, भुटानलगायत विभिन्न मुलुकका विद्वानहरुको सहभागिता हुने आयोजक संस्थाले जनाएको छ ।

सम्मेलनमा सहभागी हुने नेपाली टोली शुक्रबार साँझ त्यसतर्फ प्रस्थान गर्ने जनाइएको छ ।