काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलको पाँचौं चरणअन्तर्गत आज थ्रीस्टार र विभागीय टिम एपीएफ क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।


ADVERTISEMENT


ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा २ बजेर ३० मिनेटमा एपीएफ क्लबविरुद्ध थ्रीस्टारले प्रतिस्पर्धा गर्न लागेको हो । दुवै टिम जितको खोजीमा छन् ।


ADVERTISEMENT

# # #


एपीएफ क्लबलाई पराजित गर्दै थ्रीस्टार शीर्ष स्थानमा उक्लिने लक्ष्यमा रहेको छ । त्यस्तै, एपीएफ क्लब पनि थ्रीस्टारलाई पराजित गर्ने दाउँमा रहेको छ ।

चार खेलबाट तीन खेलमा जित र एक खेलमा हार ब्यहोर्दै ९ अंक बनाएको थ्रीस्टार लिगको चौथो स्थानमा रहेको छ । त्यस्तै, समान खेलबाट दुई खेलमा हार, एक खेलमा जित र एक खेलमा बराबरी खेलेको एपीएफ क्लब लिगको नवौं स्थानमा रहेको छ ।

त्यस्तै, आजै ११ बजे हुने खेलमा न्युरोड टिम (एनआरटी) क्लबले विभागीय टिम नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्दै छ । लिगको छैटौ स्थानमा रहेको पुलिसले लिगको पुछारमा रहेको एनआरटीसँग प्रतिस्पर्धा गर्न लागेको हो ।