काठमाडौं । सरकारले काठमाडौँमा चल्‍ने सवारी साधनहरुमा चार दिन जोर-विजोर प्रणाली लागू गरे बमोजिम शुक्रबार जोर नम्बरका सवारीका सधान मात्रै सञ्चालन हुन पाउनेछन् ।


ADVERTISEMENT


साेमबारदेखि १७ गतेसम्म हुने एसिया प्यासिफिक समिटका लागि भन्‍दै गृह मन्त्रालयले आवागमन व्यवस्थित बनाउन ट्राफिक प्रहरीलाई यस्तो निर्देशन दिएको हो।


ADVERTISEMENT

# # #


महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार मंसिर १३ देखि १६ गतेसम्म चार दिन काठमाडौंमा चल्ने गाडीहरुमा जोर विजोर प्रणाली लागू हुनेछ।

अब मंसिर १५ गते नम्बर प्लेटको अन्तिमको अंक विजोर भएको र १४ ( आज ) र १६ गते जोर भएका सवारी साधनमात्र चल्न पाउने छन्। यसका साथै अत्यावश्यक सेवा र शैक्षिक संस्थाका सवारी साधनमा भने जोर(विजोर प्रणाली लागू हुने छैन।

युनिभर्सल पिस फेडेरेसनको आयोजनामा काठमाडौंको ह्यात रिजेन्सीमा एशिया प्यासिफिक समिट हुँदैछ। आयोजकका अनुसार उक्त कार्यक्रममा ७ देशका राष्ट्ररसरकार प्रमुख तथा उपप्रमुख सहभागी हुनेछन्।

सरकारले अनावश्यक रुपमा जोर विजोर प्रणाली लागू गरेको भन्दै सर्वसाधारणहरुले विरोध गरिरहेका छन् । उनीहरुले सरकारको यो निर्देशन नमान्ने भन्दै जोर विजोर प्रणालीको अवज्ञा पनि गरेका छन् ।