काठमाडौं । अहिलेसम्मको रेकर्डअनुसार सन् २०१८ मा विश्वको तापक्रम चौथो उच्च रहने देखिएको संयुक्त राष्ट्रसङ्घले बिहीबार जनाएको छ ।


ADVERTISEMENT


राष्ट्रसङ्घले यो वर्षको तापक्रमसम्बन्धी तथ्याङ्क सार्वजनिक गर्दै पृथ्वीको बढ्दो तापक्रम नियन्त्रणका लागि आवश्यक ध्यानाकर्षण गर्न विहीबार उक्त तथ्याङ्क सार्वजनिक भएको जनाएको छ ।


ADVERTISEMENT

# # #


पोल्याण्डमा हुन लागेको कोप २४ जलवायु शिखर सम्मेलन हुन केही दिन बाँकी रहेका समय सार्वजनिक प्रतिवेदनमा राष्ट्रसंघीय अन्तर्राष्ट्रिय मौसमविज्ञानसम्वन्धी निकायले गएकाे २२ वर्षमा २० वर्ष धेरै तापक्रम वृद्धि भएका वर्षका रूपमा उल्लेख गरेको छ भने सन् २०१८ लाई तापमान रेकर्डका हिसाबले चौथो उच्च तापमान वृद्धि भएको वर्षका रूपमा देखाइएको छ ।

राष्ट्रसंघीय निकायले भनेको छ, “यसको अर्थ विगत चार वर्ष अर्थात् सन् २०१५, सन् २०१६,सन् २०१७ र सन् २०१८ लाई तापक्रम वृद्धिको श्रृङ्खलाको निरन्तरताका रूपमा देखिएको छ ।” “तापक्रम वृद्धि हुने प्रवृत्तिमा निरन्तर र प्रष्ट देखिएको छ,” राष्ट्रसङ्घ मौसमविज्ञान मामिला संगठनका प्रमुख पेटरी तालसले सञ्चारकर्मीसँगको कुराकानीमा भनेका छन् ।

प्रतिवेदनमा वर्षको पहिलो १० महिनामा विश्वको औषत तापक्रम झण्डै एक डिग्री सेल्सियस कायम भएको पाइएको र यो औद्योगिक यूग पूर्व (सन् १८५०–सन् १९००) बीचको तापक्रम वृद्धिदरभन्दा बढी हो ।

“जलवायु परिवर्तनका विषयमा पूर्ण जानकारी राख्ने पहिले पुस्ता र यसलाई नियन्त्रण गर्न केही गर्नसक्ने अन्तिम पुस्ताका रूपमा हामीले तापक्रम नियन्त्रण प्रयासलाई अघि बढाउनु परेको छ,” तालसले भने “वायुमण्डलमा ग्रीनहाउस ग्यासको तह बढ्नुलाई जलवायु परिवर्तन र यसका कारण हुने उच्च तापक्रम वृद्धिको मुख्य कारकका रूपमा लिने गरिन्छ । यही अवस्थामा जलवायु परिवर्तनको प्रभाव रहेमा शताब्दीको अन्त्यसम्ममा तीनदेखि पाँच डिग्री सेल्सियस तापक्रम बढ्ने सम्भावना रहनेछ ।”

हामीले यस ग्रहमा रहेका सबै जैविक इन्धनलाई नास गर्दै गयौँ भने तापक्रम वृद्धिमा तुलनात्मक उच्च प्रभाव पर्नेछ ।

विश्वका झण्डै २०० राष्ट्रका प्रतिनिधि भेला हुने जलवायुबारे पोल्याण्ड सम्मेलनले सन् २०१५ मा भएको जलवायुबारे पेरिस सम्झौताले लिएको विश्व तापक्रम नियन्त्रणको लक्ष्यलाई बल पुर्‍याउने विश्वास गरिएको छ ।