काठमाडौँ– युएईमा जारी सबैभन्दा छोटो संस्करणको टी १० लिग क्रिकेट प्रतियोगितामा नर्थन वारियर्सविरुद्ध खराब बलिङ गरेका छन् । बिहीबार युएईको सारजहा क्रिकेट स्टेडियममा सन्दीपले २ ओभरमै ४७ रन खर्चिए । त्यस क्रममा उनले कुनैपनि विकेट लिन सकेनन ।
१०३ रनको लक्ष्य पच्छ्याएको वारियर्सविरुद्ध पहिलो ओभरमा २२ रन खर्चिएका सन्दीपले आफ्नो अन्तिम ओभरमा २५ रन खर्चिए । उनले उक्त ओभरमा चार छक्का खाएका थिए । वारियर्सका आन्द्रे रसेलले एकै ओभरमा सन्दीपविरुद्ध लगातार तीन छक्का हाने भने सन्दीपको पहिलो ओभरमा नाकोलास पुरनले पनि ३ छक्का हानेका थिए ।
महत्वपूर्ण मानिएको आजको खेलमा सन्दीपको टिम केरला किंसले ८ विकेटको हार ब्यहोरेको छ । वारियर्सले ७.२ ओभरमै २ विकेटको क्षतीमा १०५ रन बनाएर जित दर्ता गर्यो । उसका लागि नाकोलास पुरनले आक्रामक खेले । उनले १८ बलमा नटआउट ४३ रन बनाए । ५ छक्का र २ चौका प्रहार गरेका उनले सन्दीपको बलमा ४ छक्का ठोकेका थिए । यस्तै आन्द्रे रसेल १० बलमा २९ रन बनाएर नटआउट रहँदा ल्याण्डल सिमोनले १२ तथा रोभमेन पावेलले १४ रन बटुले ।
यता केरला किंसका लागि वायन पर्नेल र बेनी हवेलले समान १/१ विकेट लिए ।
यसअघि केरलाले १० ओभरमा २ विकेट गुमाउँदै १०१ रन बनाएके थियो । जसमा पाउल स्टर्लिङले मात्र २८ बलमा ६० रन बनाएका थिए ।