काठमाडौं – बिहीबारदेखि आइतबारसम्म काठमाडौं उपत्यकामा चल्ने सवारीसाधनमा लागु हुने भनिएको जोरबिजोर प्रणाली सूचना विभागले जारी गरेको प्रेसपास वाहकलाई भने लागु नहुने भएको छ ।


ADVERTISEMENT


उक्त पास वाहक प्रेस प्रतिनिधिहरुलाई सवारी सञ्चालनमा कुनै रोकटोक नगरिने महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी वसन्त पन्तले जानकारी दिए । एम्बुलेन्स र अत्यावश्यकीय सामग्री ढुवानी गर्ने सवारी पनि निर्वाध रुपमा सञ्चालन हुन पाउनेछन् ।


ADVERTISEMENT

# # #


यही मंसिर १४ देखि १७ गतेसम्म काठमाडौंमा हुन गइरहेको एशिया प्यासिफिक सम्मेलनमा आउने विदेशी पाहुनाको आवागमन सहज पार्न भन्दै सवारीसाधनमा जोरबिजोर प्रणाली लागु हुन लागेको हो । १३ गतेदेखि १६ गतेसम्म सवारीसाधनमा जोरबिजोर प्रणाली लागु हुनेछ । १३ र १५ गते बिजोर नम्बरका सवारी र १४ र १६ गते जोर नम्बरका सवारीसाधन चल्न पाउनेछन् ।