काठमाडौँ– महानगरीय प्रहरी प्रभाग बल्खुले एक किलो नक्कली सुनसहित तीन जनालाई पक्राउ गरेको छ ।सल्यान स्थायी घर भइ हाल ललितपुर बस्दै आएका सञ्जय कुमार तिरुवा, दाङका गोपाल विक र शिव कुमाललाई प्रहरीले मंगलबार राति पक्राउ गरेको हो ।


ADVERTISEMENT


उनीहरुका साथबाट नक्कली सुनसहित धातु काट्ने कैँची, इलेक्ट्रिक तराजु र करिब ३७ लाख रुपैयाँ बरामद गरिएको महानगरीय प्रहरी प्रवक्ता एसएसपी पुजा सिंहले बताइन् ।


ADVERTISEMENT

# # #


‘गाडी चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको छ, बरामद भएको सुन नक्कली रहेछ, चानचुन ३७ लाख रुपैयाँ, इलेक्ट्रिक तराजु र धातु काट्ने कैँची बरामद गरेका छौँ’, उनले भनिन् ।