काठमाडौं । सेभिल्ला बार्सिलोनालाई पछि पार्दै स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा रियल भालाडोलिडमाथि १–० को जित निकाल्दै सेभिल्ला शीर्ष स्थानमा पुगेको हो ।


ADVERTISEMENT


घरेलु मैदानमा भएको खेलमा सेभिल्लालाई जिताउन आन्द्रे सिल्भाले गरेको गोल नै निर्णायक बन्यो। इटालियन क्लब एसी मिलानबाट लोनमा आएका सिल्भाले क्लबका लागि महत्वपूर्ण गोल गरेका हुनन् । उनको गोलपछि सेभिल्ला बार्सिलोनालाई पछि पार्न सफल भयो ।


ADVERTISEMENT

# # #


भालाडोलिडका इनेस उनालले दुई गोल गरेका थिए, तर अफसाइड भएकाले गोलले मान्यता पाएन । खेलपछि शीर्ष स्थानमा उक्लिएको सेभिल्लाको १३ खेलबाट २६ अंक भएको छ ।

दोस्रो स्थानमा झरेको बार्सिलोनाको २५ अंक छ । आइतबार राति नै भएका अरु खेलमा भिल्लारियलले रियल बेटिसलाई २–१, जिरोनाले स्पानियोललाई ३–१ ले हरायो । यस्तै गेटाफे र एथ्लेटिको बिल्बाओले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।