काठमाडौं । छोरी निर्मला पन्तको बलात्कार र हत्यापछि सरकारसँग दोषी पहिल्याउन माग गर्दै धर्नामा बस्ने क्रममा मानसिक रुपमा कमजोर भएपछि उनका बुवा यज्ञराज पन्तलाई काठमाडौँस्थित टिचिङ अस्पतालमा भर्ना गरिएको छ।


ADVERTISEMENT


बुद्ध एयरले उनलाई धनगढीबाट काठमाडौँ उडाउन नमानेपछि उनलाई सडकमार्गबाट आइतबार साँझ काठमाडौँ ल्याइएको हो।


ADVERTISEMENT

# # #


टिचिङ अस्पतालमा आकस्मिक कक्षमा भर्ना गर्ने क्रममा निर्मलाका बुवा पन्तले भने, ‘मलाई के भयो, के भयो भन्छन्, मलाई केही भएको छैन, मलाई न्यायमात्र चाहिएको हो।’

उनलाई टिचिङ अस्पतालमा डा. तीर्थमान शाक्यको टोलीले उपचार गर्न सुरु गरेको छ।