काठमाडौं । काठमाडौं– अभिनेत्री दिपशिखा खड्का र भारतीय मोडल अली खानको मुख्य भूमिका रहेको फिल्म ‘प्रेमलिला’ फष्टलुक सार्वजनिक गरिएको छ । निर्माण युनिटले फष्टलुकको रुपमा एकसाथ ४ पोष्टर बाहिर ल्याएको हो ।


ADVERTISEMENT


पोष्टरमा फिल्मका तीन कलाकार दिपशिखा खड्का र अलि खान र मौसम खड्काले स्थान पाएका छन् । ४ पोष्टरमा दीपशिखाको फरक–फरक दुई लुक्स देख्न सकिन्छ । फिल्मको थिमअनुसार पोष्टर तयार पारिएका कारण पोष्टमा आफ्नो दुई लुक्स भएको अभिनेत्री दीपशिखाले बताइन् ।


ADVERTISEMENT

# # #


अन्तर्देशीय प्रेम सम्बन्धको कथा प्रस्तुत गरिएको फिल्मको ‘जाने क्या हुवा ए’ बोलको गीत केही अगाडि सार्वजनिक भएको थियो । जसले दिन प्रतिदिन दर्शक पाइरहेको छ । महेश खड्का, नविन कार्की र रविराज शाहको संगीत, राजेश पायल राई, शोभा पाण्डे र भारतीय गायक राजा हसनको स्वर रहेको फिल्ममा दीपशिखा, अलि, मौसमसँगै सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तव लगायतको अभिनय छ ।

अभिनेत्री खड्काकै कथा तथा लेखन रहेको फिल्मलाई नानीमैया कार्की र फैजिल फिल्मस्ले संयुक्त रुपमा निर्माण गरेका हुन् । सुनिल मानन्धरले वितरण गर्ने फिल्मले २५ माघबाट प्रदर्शनमा आउँदैछ ।