काठमाडौं– ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले जनताको अपेक्षाअनुसार काम गर्न सफल भएको दाबी गरेका छन् ।


ADVERTISEMENT


रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा बोल्दै मेयर महर्जनले जनताको अपेक्षाअनुसार आफूले काम गरिरहेको स्पष्ट पारे । उनले भने, ‘आजको मितिले हाम्रो कार्यकाल डेढ वर्ष पुगेको छ, यो समयमा हामीले अपेक्षाअनुसारको प्रतिफल हाँसिल गर्न नसकेपनि अरुकोभन्दा धेरै राम्रा काम गरिरहेका छौं, सय नम्बरमा ६० नम्बर पाउनेगरि काम गरेका छौं, यो वर्षको अन्तिमसम्म हामीले ८० नम्बर पाउनेगरि काम गर्छौं।’


ADVERTISEMENT

# # #


मेयर महर्जनले स्थानीय तहको कानून, कर्मचारी समायोजन लगायतका विषयहरुले चुनावी घोषणा अनुसारको काम गर्न नसकेको स्विकार गरेका छन् । ‘१८-२० वर्षदेखि काम गर्दै आएका कर्मचारीको बानी बदल्नु भनेको महाभारतको लडाईजस्तै भैरहेको छ, जनप्रतिनिधिलाई सहयोग गर्ने र जनताको सेवा गर्नुपर्छ भावना कर्मचारीमा कम छ ।’ उनले भने, ‘करारमा भएपनि कर्मचारी राखेर महानगरपालिकाको विकास गर्नेमा हामी प्रतिवद्ध छौं।’

मेयर महर्जनले ललितपुर महानगरपालिका ‘हस्तकला नगरी’ भएको बताउँदै साना, मझौला र ठूला उद्योगको कोणबाट उत्पादनमासमेत अघि रहेको जिकिर गरे । उनले ललितपुरभित्र पूर्ननिर्माणका कामहरु तिव्र गतिमा अघि बढाईएको पनि विश्वास दिलाए ।

नेपाल विद्युत प्राधिकरणसँग मिलेर महानगरपालिकाभित्रका मुख्य सडकहरुमा ‘स्मार्ट स्ट्रिट लाईट’ जोड्न लागेको पनि उनले जनाए । उनले चाँडै नयाँ टेण्डरको आह्वान गरेर सिसिटीभी जडानको कामलाई पनि हामी तिव्रताका साथ सम्पन्न गर्ने बताए ।

संघीय, प्रादेशिक र स्थानीय सरकारले बिलाषिता अपनायो नि भनेर पत्रकारले सोधेको प्रश्नको जवाफमा उनले भने,‘अरुले के गरे ? त्यो मलाई थाहा छैन्, मैले चढ्ने गाढी २४ वर्ष पुरानो छ । स्वयम् मैले नै तीनपटक धकेलेर गाडी चलाएका छौं । हामी विलाषिताभन्दा टाढा छौं ।’ आफ्नो प्रत्येक विदेश भ्रमणले आफ्नो संस्था र नगरको लागि फाईदा नै पुगेको उनको दाबी छ ।