चितवन– सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहोराले आफ्नो प्रदेश लगानीका लागि उपयुक्त ठाउँ भएको भन्दै चितवनका उद्योगीरव्यवसायीलाई लगानी गर्न आग्रह गरेका छन् । पत्रकारहरुसँग आज यहाँ कुराकानी गर्दै उहाँले यस क्षेत्रका उद्योगीरव्यवसायीलाई सुदूरपश्चिममा लगानी गरेर प्रतिफल लिन आग्रह गरे।


ADVERTISEMENT


बोहोराले दुईतीन महीना भित्रमा आवश्यक ऐन पारित गरी लगानी सम्मेलन गर्न लागिएको पनि जानकारी दिए । नयाँ उद्योगहरुलाई करका दरमा छुट दिइने भन्दै उनले सुदूरपश्चिम लगानीका लागि राम्रो प्रतिफल दिने क्षेत्र बन्ने बताए । जलविद्युत्, पर्यटन, केबुलकार, हवाई सेवा, उच्च मूल्यका जडीबुटीको विकास र विस्तार, कृषि र पशुपक्षी पालनमा बढी सम्भावना रहेको उनको भनाइ थियो ।


ADVERTISEMENT

# # #


चितवनमा रहेका धेरै उद्योगी /व्यवसायीलाई प्रदेश सरकारले उद्योगका लागि स्थान तोकेर भाडामा जग्गा उपलब्ध गराउने पनि उनले बताए। मन्त्री बोहोराले अन्तर प्रदेशका बीचमा समन्वय गरेर काम गरेमा सबै प्रदेशलाई फाइदा पुग्ने उल्लेख गर्दै यसबाट ऐन कानूनहरु, नियमावली, कार्यविधिमा एकरूपता दिन सकिने बताए । अन्तर प्रदेश बीचमा निर्भरता बढाउनुपर्ने भन्दै उनले एक प्रदेशले अर्को प्रदेशमा सम्भावित क्षेत्रहरुमा लगानी बढाउनुपर्ने बताए ।