एजेन्सी – श्रीलंकाका सांसदहरूबीच कुटाकुट भएको छ । बिहीबार बिहान बसेको संसद बैठकमा दुई पक्षका सांसदबीच कुटाकुट भएको हो ।


ADVERTISEMENT


सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा सेता लुगा लगाएका सांसदहरू रोस्टममा आएर एकअर्कालाई धकेलाधकेल गरिरहेका देखिन्छन् । केहीबेरमा उनीहरूले मुक्का प्रहार गर्छन्। त्यहीबेला भुइँमा लडेका सांसदलाई विपक्षी सांसदले लात्ताले हान्छन् ।


ADVERTISEMENT

# # #


कुटाकुटमा परी घाइते भएका एक जना सांसद दीलिप अमुनुगामालाई अस्पताल भर्ना गरिएको छ । महिन्दा राजापाक्षे समर्थक सांसद अमुनुगामा सभामुख कारू जयासूर्याको माइक खोस्न लागेका थिए ।

आजको बैठकको सुरूमा सभामुख जयसूर्याले देशमा अहिले कोही पनि प्रधानमन्त्री नभएको बताएका थिए । उनले बुधबारमात्रै अविश्वासको मत पारित भएका महिन्दा राजापाक्षे र अघिल्लो महिना राष्ट्रपति मैत्रीपाला सिरिसेनाले अपदस्त गरेका रनिल विक्रमासिंघे दुबैको मन्त्रिपरिषद् नरहेको बताए ।

त्यसको केहीबेरमा सांसदहरू उनको कुर्सीतिर गएका थिए। कुटाकुटका बेला राजापाक्षे केही पर कुर्सीमा बसिरहेका थिए । अघिल्लो महिना सिरिसेनाले अचानक विक्रमासिंघेलाई हटाएर पूर्वराष्ट्रपति राजापाक्षेलाई प्रधानमन्त्री नियुक्त गरेपछि श्रीलंका राजनीतिक संकटमा फसेको छ ।

संसद विघटन गरेर आमनिर्वाचन घोषणा गरेका सिरिसेनाको निर्णय सर्वोच्च अदालतले उल्टाइदिएपछि संकट झन गहिरिँदै गएको छ ।

भिडियो हेर्नुस् :