काभ्रे – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले अर्को वर्ष वृद्धभत्ता बढाउने बताएका छन् । राज्यको ढुकुटीमा १ सय ५० अर्ब हुनुपर्नेमा अघिल्लो सरकारले रित्तो पारेकाले वृद्धभत्ता बढाउन नसकिएको उनले बताए ।


ADVERTISEMENT


नेपाल कम्युनिष्ट पार्टी पनौती नगरपालिका–११ वडा कमिटीद्वारा बल्थलीमा आयोजित शुभकामना, भेटघाट एवं देउसीभैलो कार्यक्रममा मन्त्री बाँस्कोटाले भने, “तपाईंहरु ढुक्क हुनुस् अर्को वर्ष वृद्धभत्ता बढाउँछौं।”


ADVERTISEMENT

# # #


उनले मुलुकका सबै विद्यार्थीलाई कम्प्युटर शिक्षा दिइने बताए । यस वर्ष एक हजार सामुदायिक माध्यमिक विद्यालयलाई कम्प्युटर ल्यावको व्यवस्था गरिने उनले बताए । रासस