काठमाडौँ– देशकै सर्वाधिक धनराशीको टी-२० क्रिकेट प्रतियोगिता पोखरा प्रिमियर लिग (पीपीएल) को उपाधि पोखरा पल्टनले हात पारेसंगै प्रतियोगिताको पहिलो संस्करण सम्पन्न भएको छ ।


ADVERTISEMENT


प्रतियोगिताको विजेता टिम पोखरा पल्टनले २७ लाख रुपैयाँ पाएको छ भने उपविजेता बनेको चितवन राइनोजले १० लाख रुपैयाँ हात पारे ।


ADVERTISEMENT

# # #


गत कार्तिक ९ गतेदेखि सुरु भएको प्रतियोगितामा निम्न खेलाडीले निम्न पुरस्कार पाएका छन् ।

इमर्जिङ प्लेयर : राशिद खान

पीपीएलको इमर्जिङ प्लेयरको पुरस्कार पोखरा पल्टनका युवा खेलाडी राशिद खानले पाएका छन् । १९ वर्षीय राशिदले प्रतियोगिताभर ७ विकेट लिए भने २५ समेत रन बनाएका थिए । उनले ५१ हजार रुपैयाँ पुरस्कार पाए ।

भ्यालुयबल प्लेयर : ललित राजवंशी

नेपाली राष्ट्रिय टिमको प्रतिनिधित्व गरिसकेका ललितले पोखरा पल्टनबाट पीपीएल खेलेका थिए । उनले ६ खेलमा १० विकेट लिए । प्रतियोगिताभर सर्वाधिक विकेट लिने खेलाडीको सूचिमा उनी चौथो स्थानमा रहेका थिए । ललितले १ लाख १ हजार रुपैयाँ पुरस्कार पाए ।

बेस्ट बलर : करण केसी

चितवन राइनोजका प्रमुख बलर करण केसी उतृकष्ट बलर चुनिए । चितवन राइनोजलाई फाइनलमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेका ७ खेलमा करणले १२ विकेट लिए । करणले एउटा सुजुकी बाइक पुरस्कार पाए ।

बेस्ट ब्याट्समेन : गौरव तोमार

भारतीय खेलाडी गौरव तोमार प्रतियोगिताको उतृकष्ट ब्याट्समेन ठहरिए । काठमाडौँ रोयल्सका लागि उनले ५ खेलमा २११ रन हाने । जस क्रममा उनले १४ वटा छक्का र १६ वटा चौका हानेका थिए प्रतियोगितामा प्लेअफसम्मको खेलमा हानेका रनलाई मात्र जोडिएको थियो । गौरवले पनि एउटा बाइक पाए ।

प्लेयर अफ दि टुर्नामेन्ट : सन्नी पटेल

चितवन राइनोजलाई फाइनल पुर्याउन सबैभन्दा महत्वपूर्ण भूमिका खेलेका भारतीय खेलाडी सन्नी पटेल प्लेयर अफ दि टुर्नामेन्ट घोषित भए  । उत्कृष्ट प्रदर्शन गरेका  उनले कुल १० विकेट लिएका थिए भने १९४ रन हानेका थिए । उनले पनि सुजुकी बाइक पाए ।