उदयपुर– परिवारको आशा थियो छोराले पैसा पठउला । ऋण तिर्ला । बुढा आमाबाको ओखतीमुलो गर्ला ।


ADVERTISEMENT


नानीहरुका लागि नानाचाचको बाकस बोके फर्कला । तर, कमाउने छोरै बाकसभित्र फर्केपछि मंगलीमाया र सार्कीबहादुर मगरको परिवारमा सन्नाटा छाएको छ ।


ADVERTISEMENT

# # #


त्रियुगाा ५ श्रीपुरका २६ बर्षे रतन मगर मलेसिया पुगेको थियो । दसैंको दिन उनको परिवार छोराको फोन पर्खेर बसेको थियो ।

चाडको दिन सुखद दुःखको कुरा गरुँला भन्ने आशामा बसेकी पत्नी मीना २३ को फोन त बज्यो । तर, त्यो फोनको मात्रै घण्टी थिएन, मगर परिवारको दुःखको साइरन थियो ।

टीका थाप्दै गरेको बेला रतनको मलेसियामै मृत्यु भएको खबरको उनीहरुले सामना गरे । – आजको अन्नपुर्ण पोष्टबाट