बाँके– राजापुर इलाका प्रहरी कायलयको टोलीले कैद सजाय तोकिएका एक फरार अभियुक्तलाई पक्राउ गरेको छ ।


ADVERTISEMENT


राजापुर नगरपालिका–१ हिमालीपुर बस्ने २३ वर्षीय डोरबहादुर घर्तीलाई जिल्ला अदालतले चोरी मुद्दामा दोषी ठहर गर्दै एक महीना १५ दिन कैद र रु ९५ हजार ४०० जरिवाना तोकेको थियो ।


ADVERTISEMENT

# # #


धरौटी बुझाए पनि कैद सजाय भुक्तान नगरी फरार उनलाई प्रहरीले राजापुर नगरपालिका–१ हिमालीपुर सोनपुरबाट सुराकीको सहयोगमा पक्राउ गरी अदालतमा बुझाएको उक्त कार्यालयका प्रहरी नायब निरीक्षक जयप्रकाश भट्टले जानकारी दिए । रासस