काठमाडौं– चोरीको मोटरसाइकल सहित नेपाल प्रहरीका तीन जवान पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका टोलीले उनीहरुलाई मंगलबार दिउँसो पक्राउ गरेको हो ।


ADVERTISEMENT


पक्राउ पर्ने प्रहरी जवान वासिङटन घर्ती, दिपेन्द्र शाही र इन्द्रजीत कडरिया रहेका छन् । सिसि टिभीको दृश्य विश्लेषणपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


उनीहरुले बा ५७ प २५९९ नम्वरको मोटरसाइकल चोरी गरेको खुलेको छ । घर्ती र शाही महानगरीय प्रहरी प्रभाग पाटनमा कार्यरत छन् । कडरिया भने महानगरीय प्रहरी वृत सोह्रखुट्टेमा कार्यरत छन् । उनीहरुले उक्त मोटरसाइकल ५ कात्तिकमा चोरी गरेका थिए ।