पोखरा– पोखरा प्रिमियर लिग (पीपीएल) मा चितवन राइनोजले घरेलु टोली पोखरा पल्टनसामु १४१ रनको लक्ष्य प्रस्तुत गरेको छ । पोखरा रंगशालामा भएको खेलमा टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेको चितवनले २० ओभर पूरै खेल्दै ५ विकेट गुमाएर १४० रनमात्रै बनाउन सक्यो ।


ADVERTISEMENT


पहिलो ब्याटिङ गर्ने निर्णय गरेको चितवनले राम्रो सुरुआत गर्न नसक्दा पोखरा पल्टनले सामान्य लक्ष्य पाएको हो । ओपनरद्वयले राम्रो शुरुआत गर्न सकेनन् । अनिल शाहले १८ बलमा १६ रन बनाए भने हरिशंकर शाहले १२ बलमा ३ रनमात्रै बनाउन सके । तेस्रो नम्बरमा मैदान छिरेका सोनु तामाङले २१ रन बनाएर आउट भए चौथो नम्बरमा मैदान छिरेका कप्तान खड्का र पाँचौं नम्बरमा मैदान छिरेका सन्नी पटेलबीचको ५३ रनको साझेदारी पारी खेलेपछि चितवनले रन बढाएको थियो ।


ADVERTISEMENT

# # #


सर्वाधिक रन बनाएका सन्नी पटेल २७ बलको सामना गर्दै ३ छक्का र ३ चौका प्रहार गर्दै ४६ रन बनाए भने कप्तान खड्काले ३ छक्का र ३ चौकाको मद्दतमा ४४ रन बनाउँदै पवेलिएन फर्किए ।

चितवनलाई १४० रनमा समेट्न पोखराका विक्रम भुषालले २ विकेट लिए । त्यस्तै, पोखराका लागि शरद भेषवाकर, मेहबुब आलम र मोहमद नाभिदले समान एक—एक विकेट लिए ।