बनेपा– बनेपमा रिक्सा चलाएर जीविकोपार्जन गर्दै आएका एक मजदुर बेपत्ता भएको भन्दै खोजी गर्न उनका परिवारले आग्रह गरेका छन् ।


ADVERTISEMENT


सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका–५ पुराना झाँगाझोली घर भई विगत २०÷२२ वर्षदेखि बनेपा नगरपालिका–९ शाहीटोल बस्दै आएका वर्ष ४२ का बखतबहादुर तामाङ यही कात्तिक २ गतेदेखि हराएको उनकी श्रीमती शान्तकुमारी तामाङले बताईन् । आफू छोराछोरीसहित गत असोज २६ गते नै दशैँका लागि घर गएको र बखतबहादुर एक्लै बनेपा बसेका थिए । उनी कात्तिक २ गतेदेखि वेपत्ता भएका हुन् ।


ADVERTISEMENT

# # #


“म पछि आएँ, छोराछोरीलाई अगाडि नै पठाएकी थिएँ उनीहरूले कोठामा बुबा नरहेको बताएपछि खोजी गर्दा अहिलेसम्म फेला पर्नुभएन ।” शान्तकुमारीले भनिन्, “उहाँको खोजीका लागि सहयोग गर्नुप¥यो ।” बनेपा इलाका प्रहरी कार्यालयले जानकारी पाएपछि तामाङको खोजी गरिरहेको र अहिलेसम्म फेला नपरेको जनाएको छ । रासस